सल्यानको कुमाखमा चैते धानको परिक्षण

चैत्र १४, २०७९ | सल्यान

सल्यानको कुमाख गाउँपालिकाको मर्मखोलामामा चैते धानको परिक्षण गरिएको छ । सल्यानलाई धान उत्पादनमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको आर्थिक सहयोगमा चैते धानको परिक्षण गरेको हो ।

परिक्षण अनुसार तीन रोपनी जग्गामा चैते धान लगाईएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका निमित्त हेमन्त ओलीले बताउनुभयो । कुमाख गाउँपालिकालाई २०७६ मा धान जोनको रुपमा घोषणा गरेपनि अहिले पुन परिक्षण गरिएको ओलीले जानकारी दिनुभयो ।

चैते धान लगाउन कुमाख गाउँपालिकामा मात्र ६० किसान समुह गठन गरिएको छ । यो बर्ष १५ रोपनी जग्गामा धान लगाउने योजना छ परिक्षण सफल भएमा कुमाख गाउँपालिकाको मर्मखोलाको आसपासमा भएका खेतीयोग्य जग्गामा दुई बाली धान लगाउन सकिने छ । 


प्रतिक्रिया