सुनकोसी–मरिण डाइभर्सन: हालसम्म ४ हजार ५ सय मिटर सुरुङ खनियो

चैत्र १५, २०७९ | सिन्धुली

सुनकोसी–मरिण डाइभर्सन आयोजना अन्तर्गत सुरुङ खन्ने काम तीब्र गतिमा भईरहेको छ । राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगति निराशाजन रहेको अवस्थामा सुनकोसी–मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने कामको प्रगति लक्ष्य भन्दा बढी भएको हो ।

गत असोज २८ गतेबाट काम सुरु गरिएकोमा साढे ५ महिनाको अवधिमा ४ हजार ५ सय ४० मिटर सुरुङ निर्माण भएको छ । सुनकोसी–मरिण–डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार प्रति महिना पाँचदेखि सात सय मिटरसम्म सुरुङ खन्ने लक्ष्य लिइएकोमा कुनै महिना ९ सय मिटरसम्म खन्ने काम भएको छ ।

सुरुङ निर्माणमा हालसम्म कुनै समस्या नआएको भन्दै आयोजना सिनियर डिभिजन इन्जिनियर अशोकराज गौतमले चुरेको भू–भागमा सकिएर महाभारत क्षेत्रतर्फ सुरुङ खन्न थालेको जानकारी दिनुभयो । महाभारत क्षेत्रमा कटा चट्टान हुने भएकाले समस्या आउन सक्ने गौतमको भनाई छ ।


प्रतिक्रिया