चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात सुरु

वैशाख १८, २०८० | सिन्धुपाल्चोक

चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलेको छ । ०७२ को विनाशकारी भूकम्प गएको सात वर्षदेखि आयात मात्र भइरहेको सिन्धुपाल्चोकको भोटेकाशी गाउँपालिका–२ बाट मुढासहित अन्य हस्तकलाका सामाग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको हो । 

यसअघि भएको मौखिक सहमतिअनुरुप आज मितेरी पुलमा चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको अनौपचारिक उपस्थितिमा तीन कन्टेनर पठाएर निर्यात खुलाइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । 

भूकम्प र पराकम्पनले नाका बन्द हुनुअघि सो नाकाबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुने गरेको थियो । 


प्रतिक्रिया