पर्सामा तोरीको खेती बढ्दो, मुसुरोको घट्दो

वैशाख १८, २०८० | पर्सा

पर्सामा दलहन बालीको तुलनामा तेलहन बालीको खेती र उत्पादन निरन्तर बढ्दो छ । पछिल्लो केही वर्ष यता तोरीको खेती बढ्दो छ भने मुसुरोको खेती घट्दो क्रममा रहेको कृषि ज्ञान केन्द्र पर्साको तथ्यांकले देखाएको छ । केन्द्रको तथ्यांक अनुसार, चालू आर्थिक वर्षमा जिल्लामा ५ हजार ७ सय हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकोमा ८ हजार ५ सय ५० मेट्रिक टन उत्पादन भएको छ ।

गत वर्ष ५ हजार ६ सय हेक्टर क्षेत्रफलमा ७ हजार २ सय ८० मेट्रिक टन तोरी उत्पादन भएको थियो । केन्द्रका सूचना अधिकृत सुरेन्द्र प्रसाद कुर्मीले तोरी खेतीको प्रमुख पकेट क्षेत्र ठोरी गाउँपालिका–५ सुवर्णपुरमा बर्सेनि बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले सो भेगमा सिंचाईको सुविधा कम भएकाले किसानले सिंचाई नचाहिने तोरी खेतीलाई प्राथमिकता दिएको बताउनुभयो ।

यस्तै, मुसुरोको खेती भने घट्दो क्रममा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष जिल्लामा ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा मुसुरो खेती गरिएकोमा ५ हजार २ सय ५० मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष ३ हजार ६ सय १० हेक्टरमा मुसुरो खेती गरिएकोमा ६ हजार १ सय ३७ मेट्रिक टन उत्पादन भएको थियो । 


प्रतिक्रिया