लघुवित्तीय संस्था विरुद्ध गुलरियामा प्रदर्शन

वैशाख २३, २०८० | बर्दिया

लघुवित्तीय संस्था विरुद्धको संर्घष समितिले बर्दिया सदरमुकाम गुलरियामा विरोध प्रदर्शन गरेका छन् । लघु वित्तीय संस्था खारेज, सामूहिक ऋण मिनाहा, गरीब किसानलाई निःशुल्क ऋण लगायत पाँच बुँदे माग राख्दै उनीहरुले बजार परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् ।

ठूलो संख्यामा गाउॅ गाउॅबाट आएका महिलाहरुले लघु वित्तीय संस्था विरुद्ध नाराबाजी गर्दै कोणसभामा गरेका थिए । संर्घष समितिका गुलरिया नगर अध्यक्ष रंजित विक्रम शाहले लघु वित्तीय संस्था खारेज गर्न, लघु वित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्न, गरीब किसानलाई निशुल्क ऋण प्रदान गर्न माग गर्नुभयो ।

विगत केही समय यता लघुवित्त संस्थाविरुद्ध रिले अनसनदेखि तालाबन्दी र विरोध प्रदर्शन भईरहेको छ । प्रदर्शनलाई मध्यनजर राख्दै सदरमुकाम क्षेत्रमा सुरक्षाको व्यवस्था कडा पारिएको छ । 


प्रतिक्रिया