पश्चिम नवलपरासीमा २१० जना मिटरब्याजी पीडितको उजुरी

वैशाख २६, २०८० | पश्चिम नवलपरासी

पश्चिम नवलपरासीका २ सय १० जना मिटरब्याज तथा अनुचित लेनदेनका पीडितले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालयले मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरेर उजुरी दर्ता गरेको हो । मिटरब्याज पीडितले वैशाख मसान्तसम्ममा उजुरी दिन सक्ने र अनलाईन मार्फत सोझै केन्द्रमा तथ्याङ्क सुचीकरण हुने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो ।

यसअघि पनि जिल्लामा प्रशासनले उजुरी लिएर दुबै पक्षलाई छलफल गराएको भएपनि आवश्यक कानुनको अभावमा समस्या समाधान गर्न कठीनाई परेको थियो । संकलन भएका उजुरी र निवेदन अनुचित लेनदेन सम्बन्धी जांचबुझ आयोगमा अनलाईन मार्फत दर्ता गरीएको छ । 


प्रतिक्रिया