खाताबाटै ९ लाख हराएको विषयमा बैंक र सेवाग्राहीबीच सहमति

जेष्ठ ९, २०८० | रौतहट

रौतहटको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंकको शाखा कार्यालयले सेवाग्राहीको खाताबाट हराएको भनिएको ९ लाख रुपैयाँ बराबर रकमको क्षतिपूर्ति दिने भएको छ । हराएको रकम बराबरको चेक एक महिनापछि साट्ने गरी सेवाग्राहीको नाममा काटिदिएपछि बैंकले कार्यालय खोलेर सेवा सुरु गरेको छ ।

खातामा भएको रकम हराएपछि सेवाग्राहीले दुई दिन बैंक घेराउ गरेपछि सेवा बन्द भएको थियो । जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षबीच भएको छलफलको क्रममा एक महिनाभित्र अनुसन्धानको क्रममा बैंकको लापरबाहीले रकम बाहिरिएको खुल्न आए सेवाग्राहीले चेक साट्न पाउने र सेवाग्राही स्वयमको लापरबाही देखिए रकम नपाउने सर्तमा मिलापत्र भएको हो ।

बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट आईतबार ९ लाख रुपैयाँ हराएको थियो । ईलाका प्रहरीका डीएसपी एकनारायण कोईरालाले अनुसन्धानपछि चेक साट्ने वा नसाट्ने भन्ने सहमति भएको बताउनुभयो । 


प्रतिक्रिया