खाने तेलको भन्सार शुल्क बढाएकोमा विरोध

फाइल तस्विर  

जेष्ठ १७, २०८० | काठमाडौं

सरकारले खाने तेलको कच्चा पदार्थमा भन्सार महसुल वृद्धि गरेको भन्दै स्वदेशी उद्योगी व्यवसायीले विरोध जनाएका छन् । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले खाने तेलको कच्चा पदार्थमा भन्सार महसुल १ प्रतिशतबाट १० प्रतिशत कायम गरेपछि उद्योगी व्यवसायीले विरोध जनाएका हुन् ।

नेपाल वनस्पति घिउ तेल उत्पादक संघले विज्ञप्ति जारी गर्दै खाने तेलको कच्चा पदार्थमा भन्सार महसुल दर साविक बमोजिम १ प्रतिशत नै कायम गर्न माग गरेको छ । बजेट मार्फत भन्सार महसुल बढाइँदा स्वदेशी खाने तेल उपभोक्तालाई प्रतिलिटर १५ रुपैयाँसम्म बढ्न जाने संघले जनाएको छ ।

उपभोक्ताको भान्सामा नै असर पर्ने गरी ल्याइएको बजेटको व्यवस्था फिर्ता गर्न संघले माग गरेको हो । स्वदेशी तेल महँगो हुँदा भारतबाट अनधिकृत रुपमा गुणस्तरहीन तेल भित्रिने र स्वदेशी उद्योग धराशयी बन्ने संघले जनाएको छ । 


प्रतिक्रिया