नार्कले गर्‍यो मल सिफारिस

जेष्ठ २९, २०८० | काठमाडौं

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले धान, मकै र गहुँका बालीका लागि स्थान विशेष मलखाद सिफारिस गरेको छ । नार्कले स्थानीय स्तरमा माटोको उर्वरता, धान, मकै र गहुँ बालीको उत्पादनको आधारमा मलखाद प्रयोग गर्न सिफारिस गरिएको हो । धान र गहुँबालीका लागि प्राङ्गारिक मल ६ मेट्रिक टन प्रति हेक्टर सिफारिस गरिएको छ । 

मकैको लागि भने १० मेट्रिक टन प्राङ्गारिक मल सिफारिस गरिएको नार्कले जनाएको छ । धान बालीका लागि नाइट्रोजन एक सयदेखि एक सय ५० किलो प्रति हेक्टर, फोस्फोरस ३० देखि ५० किलो प्रति हेक्टर र पोटास ३० देखि ६० किलो प्रतिहेक्टर सिफारिस गरिएको नार्कले जनाएको छ । यसअघि पहिलो पटक सन् १९७६ मा विभिन्न बालीका लागि मलको मात्र सिफारिस गरिएको थियो । सोही आधारमा सिफारिस गरिएका मल मात्रा किसानले हालसम्म प्रयोग गर्दै आएका थिए । 


प्रतिक्रिया