सुदूरपश्चिमको नीति तथा कार्यक्रम बहुमतले पारित

जेष्ठ ३०, २०८० | कैलाली

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आजको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गर्नुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रममा समर्थन जनाएन ।

नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यले उठाएका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री कमल बहादुर शाहले ऊर्जा, पर्यटन क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । सिकलसेल एनिमियाको निशुल्क परीक्षण तथा उपचारको ब्यवस्था गर्न तीन वटै तहका सरकार र निजी क्षेत्रबीचको सहकार्यमा सरकारले काम अघि बढाउने मुख्यमन्त्री शाहले बताउनुभयो । यस अवधिमा मानसखण्ड र खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनले सुदूरपश्चिमका पर्यटकीय तथा धार्मिक क्षेत्रको पहिचान गर्न सहज भएको पनि उहाँले बताउनुभयो ।


प्रतिक्रिया