‘यस बर्ष धान बालीलाई मलको अभाव हुँदैन’

असार ७, २०८०

कृषि सामग्री कम्पनी र साल्ट टेड्रिङ्ग कर्पोरेशन लिमिटेडले यस बर्ष युरिया मलको अभाव नहुने दाबी गरेका छन् । कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जमा हाल १० हजार मेटन युरिया र ३ हजार ५ सय मेट्रिक टन डिएपी मल मौज्दात छ । कार्यालय प्रमुख चन्द्र प्रसाद चौलागाईका अनुसार, कार्यालयबाट माग भएका मधेश र बागमती प्रदेशका सबै जिल्ला तथा गण्डकी प्रदेशका पर्वत, कास्की, तनहुँ र गोर्खामा समेत नियमित मल परिचालन गरी सकेर पनि हाल कार्यालयसंग सो परिमाणमा मल मौज्दात रहेको हो । 

यस बाहेक असार अन्त्य र साउनको पहिलो सातासम्म कम्पनीको २५ हजार मेट्रिक टन डिएपि र २० हजार मेट्रिक युरिया मल आउने भएकाले बर्षे धान बालीको माग धान्न थप सहज हुने उहाँले बताउनुभयो । यस बर्ष मलको अभाव नहुने उहाँले दाबी समेत गर्नुभयो । साल्ट ट्ेरडिङ्ग कर्पोरेशन मधेश प्रादेशिक कार्यालय वीरगन्जले पनि ३ वटै प्रदेशका जिल्लाहरुमा एक महिना यता माग बमोजिम २६ हजार ५ सय मेट्रिक टन युरिया मल परिचालन गरी सकेको कार्यालय प्रमुख अमोज लामिछाने बताउनुभयो । 


प्रतिक्रिया