बजेट अभावले कृषि औजार कारखाना पुनः सञ्चालनमा अन्योल

असार ९, २०८० | पर्सा

संघीय सरकारले आवश्यक बजेट निकासा नगर्दा पर्साको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा समस्या भएको छ । सरकारले प्रतिबद्धता अनुसारको रकम निकासा नगर्दा कारखाना पुनः सञ्चालन हुनेमा अन्योल देखिएको हो । परीक्षण उत्पादन गरिएको ४ महिना बितिसक्दा पनि संघीय सरकारले कारखाना सञ्चालनका लागि दिने भनेर घोषणा गरेको रकम अझै निकासा नभएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

सो कारखाना सञ्चालनका लागि गत असोज ११ मा सरकारले महावीर पुन नेतृत्वको आविष्कार केन्द्रसँग सम्झौता गरेको थियो । हाल कारखानामा केन्द्रका मेकानिकल इन्जिनियर प्रजल कोजुको नेतृत्वमा १० जना प्राविधिकको टोली खटिएको छ । सरकारले कारखानाका मेसिन मर्मत र नयाँ उपकरण खरिद गर्न २५ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । तर, हालसम्म बजेट केन्द्रले नपाएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया