मुगुमा यार्साबाट ४५ लाख रुपैयाँ राजश्व असुली

असार ३०, २०८० | मुगु

मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा संकलनबाछ यो आर्थिक बर्षमा ४५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । कोरोना महामारीले चार वर्षदेखि यार्सा संकलन हुन नसकेकोमा यो वर्ष भने ४५ लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनुभयो । 

यार्सा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई २ हजार ५ सय र जिल्लाबासीबाट २ हजार रुपैयाँ राजश्व असुली गरिएको गाउँपालिकाले जनाएको छ । यार्साबाट उठेको राजश्व पालिकाले विकास निर्माणमा खर्च गर्ने गरेको गाउँपालिकाको भनाइ छ । मुगुका चार वटा स्थानीय तह मध्ये मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सा स्थानीयको मुख्य आयस्रोत हो । 


प्रतिक्रिया