भारतीय रेल्वेले ढिला गर्दा नेपाली आयातकर्ता मारमा

श्रावण २, २०८० | पर्सा

तेस्रो मुलुकबाट आयात गरिएको मालसामान बोकेका कन्टेनर सिर्सिया सुक्खा बन्दरगाहमा ल्याउन भारतीय रेल्वेले ढिला गर्दा नेपाली आयातकर्ता मारमा परेका छन् । सामान्य अवस्थामा भारतको बिशाखापटनम बन्दरगाहबाट सिर्सिया सुक्खा बन्दरगाहसम्म कन्टेनर ल्याउन अधिकतम ४–५ दिन लाग्ने गरेकामा हाल १ महिनासम्म लाग्ने गरेको छ । त्यस्तै, कोलकाता बन्दरगाहबाट कन्टेनर वीरगन्ज ल्याउन ३ दिन लाग्ने गरे पनि हाल एक सातासम्म लाग्न थालेको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले भारतको उडिसामा जुन २ मा भएको रेल दुर्घटनापछि समस्या बढेको बताउनुभयो । संघका बरिष्ठ उपाध्यक्ष हरी गौतमले भारतीय रेल्वेले असार–साउनमा नेपाली मालबाहक र्‍याकको लोडिङ्गमा प्रतिबन्ध लगाएको बताउनुभयो । तेश्रो मुलुकबाट आयात गरेको बस्तु समयमा नआउदा बैंकमा ऋण लिएका नेपाली आयाकर्ताले चर्को ब्याज खेप्नु परेको छ । 


प्रतिक्रिया