मधेश प्रादेशिक कार्यालयमा अझै ९ हजार मेट्रिक टन मल मौज्दात

फाइल फोटो 

श्रावण ७, २०८० | पर्सा

कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जले अझै रासायनिक मल मौज्दात रहेको बताएको छ । मधेश, बागमती र गण्डकी प्रदेशका डेढ दर्जन जिल्लामा धान रोपाईका लागि मल वितरण गरेर पनि ९ हजार मेट्रिक टन मल मौज्दात रहेको कार्यालयका प्रादेशिक प्रबन्धक चन्द्र प्रसाद चौलागाईको दाबी छ । 

उहाँका अनुसार ६ हजार मेट्रिक टन युरिया, २ हजार ५ सय ५० मेट्रिक टन डिएपि र ३ सय ५० मेट्रिक टन पोटास मौज्दात छ । गत आर्थिक वर्षमा कार्यालयलाई कन्साइमेन्टबाट ५५ हजार ३ सय मेट्रिक टन युरिया मल प्राप्त भएकोमा ४४ हजार ५ सय अन्य जिल्ला र ४ हजार ८ सय पर्सा जिल्लामा बिक्री गरी हाल कार्यालयसंग ६ हजार मेट्रिक टन मल मौज्दात भएको उहाँको भनाई छ ।  


प्रतिक्रिया