सिर्सिया सुक्खा बन्दरगाह हुँदै भित्रिएको कोइला अझै जाँचपास भएन

श्रावण १०, २०८० | पर्सा

वीरगञ्जको सिर्सिया सुक्खा बन्दरगाह नाका हुँदै पहिलो पटक रेलबाट आयातित कोइलाको अझै जाँचपास हुन सकेको छैन । आयातकर्ता लतिका कमोडिटी सप्लायर्स प्रालिले भन्सारको सन्दर्भ मूल्य अव्यावहारिक भएको भन्दै कोइला अझै जाँचपास गराई लगेका छैनन् ।

नेपालमा पहिलो पटक सोझै रेलबाट असार १६ गते ३ हजार ६ सय ५० मेटन कोइला बोकेको रेल्वे र्‍याकसुक्खा बन्दरगाहमा भित्रिएको थियो । यसअघि वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलस्थित रेल्वे स्टेशनमा रेलबाट कोइला ल्याएर त्यहाँबाट गाडीमा ढुवानी गरी नेपालसम्म ल्याइन्थ्यो ।

ललिता कमोडिटी सप्लायर्सका सञ्चालक निश्चल लालवानीले विश्व बजारमा भाउ घटेको अवस्थामा पूरानै सन्दर्भ मूल्यका आधारमा आयातित कोइलाको भन्सार महशुल कायम गरेको भन्दै आपत्ति जनाउनुभयो । यस्तै, कमला मोहन इन्टरनेशनल प्रालिका सञ्चालक माधव राजपालले भन्सारको पुरानै सन्दर्भ पुस्तिका र मूल्यले आयातकर्ताले ठूलो घाटा बेहोर्नु परेको बताउनुभयो । 


प्रतिक्रिया