लम्पी स्किन नियन्त्रण गर्न बागमतीमा ‘खोप अभियान’

श्रावण २४, २०८० | मकवानपुर

बागमती प्रदेश सरकारले लम्पी स्किन रोगको महामारीलाई नियन्त्रण गर्न साताव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । पछिल्लो समय गाई तथा भैंसीमा देखिएको लम्पी स्किन रोगको संक्रमणलाई नियन्त्रण गर्न प्रदेशभर भोलिबाट आगामी ३१ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

एक हप्तामा प्रदेशका १३ जिल्लाको विभिन्न स्थानीय तहसँगको समन्वयमा विज्ञ केन्द्र मार्फत खोप लगाइने मन्त्रालयका सचिव शरणकुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस अभियान अन्तर्गत ५० हजार खोप लगाइनेछ ।

खोप लगाउनका लागि भ्याक्सिनेटर नियुक्त गरिसकिएको र खोप समेत विज्ञ केन्द्रले खरिद गरिसकेको उहाँले जानकारी दिनुभयो । बागमती प्रदेशभर करीब २ लाख ५ हजार पशु चौपाया यस रोगबाट प्रभावित भएका छन् । हालसम्म करीब ६ हजार २ सय पशु मरिसकेको मन्त्रालयको तथ्यांकले देखाएको छ । स्थानीय तहसँगको समन्वयमा हालसम्म १ लाख ३३ हजार पशुलाई यस खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया