मुगुमा एक साता देखि हवाई सेवा अवरुद्ध

श्रावण २८, २०८० | मुगु

मुगुमा एक सातादेखि हवाई सेवा अबरुद्ध हुदा सर्बसाधारण यात्रुदेखि बिरामीलाई आउजाउ गर्न सास्ती भएको छ । बिहान खराव मौसम र दिउंसो साढे १२ बजेपछि नागरिक उडडयन प्राधिकरणको प्रतिबन्धले मुगुमा एक साता देखि हवाई उडान हुन सकेको छैन ।

हवाई उडान नहुँदा मुगुबाट नेपालगञ्ज आउने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगु तर्फ जाने यात्रु विमानस्थलमै अलपत्र परेको हाम्रा सहकर्मीले जनाएका छन् । जहाज उड्ने आसले यात्रुहरु विमानस्थलसम्म जाने र १२ बजेसम्म जहाज नआए घर फर्कने गरेका छन् । बर्षाले गमगढी नाग्मा सडक जोखिम भएकोले नेपालगञ्ज झर्ने यात्रु देखि मुगु जाने यात्रु जहाजको भर पर्ने गरेका छन् ।

नेपालगञ्ज देखि दैनिक तीन×–चार वटा उडान हुने रारा बिमानस्थल एक सातादेखि सुनसान छ । जिल्ला अस्पताल मुगुले रिफर गरेका बिरामीहरु जहाज कुर्दै विमानस्थलमै बस्न बाध्य छन् । 


प्रतिक्रिया