३ वर्षदेखि बन्दरगाह परिसरमा साल्टको डीएपी मल कुहिदै

भाद्र ७, २०८० | पर्सा

विगत ३ वर्षदेखि वीरगञ्जको सिर्सिया सुक्खा बन्दरगाह परिसरमा थन्किएको डीएपी मलको अझै व्यवस्थापन हुन सकेको छैन । साल्ट ट्रेडिङ कर्पोरेशनले जोर्डनबाट आयात गरेको मल बिग्रिएको पाइएपछि बन्दरगाहस्थित भन्सार कार्यालयले जाँचपास गरेको थिएन ।

बन्दरगाहको यार्डको पूर्वी दक्षिणी भेगमा अव्यवस्थित रुपमा भण्डारण गरिएको १ हजार २ सय २५ टन डीएपी मल पग्लिएर करीब नष्ट भईसकेको छ । बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद मैनालीका अनुसार कृषि मन्त्रालयले मल लग्नेबारे हालसम्म चासो देखाएको छैन ।


प्रतिक्रिया