टोकला गोल्ड लिफ टी ब्याग अब 'इन्भेलप'मा

भाद्र ९, २०८० | काठमाडौं

नेपाल चिया विकास निगमले आफ्नो उत्पादन टोकला चिया अन्तर्गत विभिन्न ८ वटा नयाँ स्वादयुक्त टोकला गोल्ड लिफ टी ब्याग 'इन्भेलप'मा ल्याएको छ । 

कम्पनीको अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ्ग सहित टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टरमेरिक जिन्जर तुलसी फ्लेवरयुक्त चिया बजारमा उपलब्ध छ । 

यस्तै, टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी, टोकला गोल्ड लिफ टी गरी ८ वटा फ्लेवरयुक्त चिया बजारमा ल्याएको कम्पनीले जनाएको हो ।

आफ्नै बगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्ष भन्दा बढी अनुभव बटुलेको कम्पनीले बजारको आवश्यकता र माग अनुसार उच्च गुणस्तरीय प्याकिङ्ग सहित इन्भेलपमा ८ वटा स्वाद युक्त फ्लेवर चिया टी ब्यागमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार यो चिया भाटभटेनी, बिग मार्ट लगायत नेपालभरिका खुद्रा बिक्रेता मार्फत बजारमा उपलब्ध गरिएको छ । यस ८ वटा फ्लेवरयुक्त टी ब्याग चियाको बजार मूल्य १६० रुपैयाँदेखि २२५ रुपैयाँसम्म निर्धारण गरिएको छ ।


प्रतिक्रिया