सशस्त्र प्रहरीद्वारा ४ करोड बढीको अवैध सामान बरामद

भाद्र ९, २०८० | भैरहवा
सशस्त्र प्रहरी बलको टोलीले रुपन्देहीमा ५ महिनाको अवधिमा ४ करोड रुपैयाँ भन्दा बढीको विभिन्न सामान बरामद गरेको छ । गत चैतदेखि साउनसम्ममा २५ जना पेशेवर तस्कर कारवाहीमा परेका छन् ।
सशस्त्र प्रहरीका अनुसार ५ महिनाको अवधिमा बरामद भएको सामानमा नेपालबाट भारततर्फ लैजादै गरिएको अवस्थामा १ करोड ८० लाख रुपैयाँ मुल्यको पौने २ किलो सुन र ८० लाख रुपैयाँको १ हजार ५ सय थान सामग्री नियन्त्रणमा लिएको हो ।
ती सामान ढुवानीमा प्रयोग गरिएका ९ वटा मोटरसाईकल, एउटा स्कूटर, ८ वटा साईकल, २ थान अटोरिक्सा, एउटा बस र एउटा ट्रक पनि नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।