२ लाख बढी हेक्टर क्षेत्रफलमा चैते धान रोपाई विस्तार गरिने

भाद्र १७, २०८० | काठमाडौं

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले २ लाख बढी हेक्टर क्षेत्रफलमा चैते धान रोपाई विस्तार गर्ने बताउनुभएको छ । १ लाख १८ हजार हेक्टरमा चैते धान रोपाई हुँदै आएकोमा क्षेत्रफल बढाएर २ लाख ४० हजार हेक्टर विस्तार गर्ने मन्त्री भुसालको भनाई छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले धान उत्पादन माग भन्दा करिब १२ लाख ८० हजार मेट्रिक टन कम भइरहेको बताउनुभयो ।

यसैबीच, मन्त्रालयले लम्पी स्किन रोगको नियन्त्रणका लागि ७ वटै प्रदेशमा औषधिसहित टोली पठाएको छ । हाल १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको छ । ९ लाख १९ हजार ४ सय १६ पशुलाई भ्याक्सिन लगाइएको छ ।

अर्को प्रसंगमा मन्त्री भुसालले लगातारको प्रयासपछि एक दशक यताकै सबैभन्दा बढी मल यो बर्ष आयात भएको बताउनुभयो । उहाँका अनुसार अहिले ५० –६० हजार मेट्रिक टन मौज्दात छ । 


प्रतिक्रिया