वीरगञ्ज नाकाबाट भदौमा १७ हजार टन मल भित्रियो

भाद्र १९, २०८०

कृषि सामग्री कम्पनीले आयात गरेको झण्डै १७ हजार टन रासायनिक मल वीरगञ्ज नाका हुादै नेपाल भित्रिएको छ । कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयका सूचना अधिकृत एवम् सहायक प्रबन्धक पुरुषोत्तम सिंहका अनुसार भदौमा युरिया र डीएपी गरी झण्डै १७ हजार टन मल भित्र्याएको हो । 

भदौ यता सिर्सिया सुक्खा बन्दरगाह र सीमावर्ती भारतीय शहर रक्सौलको रेल्वे स्टेशनमा आएको समेत गरी ८ हजार ७ सय ५० टन युरिया र ८ हजार ३ सय ५० टन डीएपी मल भित्रिएको छ । ग्लोबल टेण्डरबाट मल आपूर्तिको ठेक्का पाएको दुबईस्थित स्विस सिंगापुर कम्पनीले ओमानबाट युरिया मल ल्याएको हो । 

प्राप्त मलको ठूलो हिस्सा परिचालन समेत भईसकेको कम्पनीको प्रादेशिक कार्यालयका सूचना अधिकृत सिंहले जानकारी दिनुभयो । हाल कम्पनीको वीरगञ्ज कार्यालयमा २ हजार टन युरिया मलको मौज्दात रहेको उहााले जानकारी दिनुभयो । 


प्रतिक्रिया