मुगुमा चालू आर्थिक वर्षको खाद्यान्न ढुवानी सुरु

भाद्र २९, २०८० | मुगु

मुगुमा चालू आर्थिक वर्षको खाद्यान्न ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिडेट जनाएको छ । खाद्य ढुवानीको लागि ठेक्का स्वीकृत नभए पनि उपभोक्ताको समस्यालाई मध्यनजर गरी अग्रिम ढुवानी सुरु गरिएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिडेटका प्रमुख पुष्कर भामले बताउनुभयो ।

कम्पनीको मुख्य गोदाम गमगढीमा चालू आर्थिक वर्षको ६ सय क्विन्टल खाद्यान्न नेपालगञ्जदेखि ढुवानी भइसकेको उहाँको भनाइ छ । वर्षातमा सडकको अवस्था जोखिम हुँदा खाद्यान्न ढुवानीमा समस्या भए पनि दसैं तिहारको लागि भने प्रयाप्त खाद्यन्न ढुवानी हुने भामले जानकारी दिनुभयो । 


प्रतिक्रिया