बोटमै केरा कुहिन थालेपछि किसान चिन्तित

भाद्र २९, २०८० | परासी

केरा बोटमै सुक्न थालेपछि पश्चिम नवलपरासीका किसान चिन्तित भएका छन् । जिल्लाको केरा पकेट क्षेत्र प्रतापपुर र सुस्ता गाउँपालिकामा ब्ल्याक सिगाटोका नामक रोग फैलिएपछि किसानहरु चिन्तित भएका हुन् । उनीहरुका अनुसार पछिल्ला दिन बगानमा केरा कुहिने र झर्ने गरेको भन्दै समस्या समाधानका लागि स्थानीय तह र कृषि ज्ञान केन्द्रमा आग्रह गरेका छन् ।

यद्यपि, केरा खेतीमा देखिएको रोगका विषयमा अधिकारिक जानकारी नआएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी समिर सिहं बराईले बताउनुभयो । रोगको पहिचान र समाधान नहुँदा जिल्लामा २ सय बिघा बढी क्षेत्रफलमा लगाएको केरा खेतीमा क्षति पुगेको हाम्रा सहकर्मीले जनाएका छन् । केरा उत्पादक किसान संघका जिल्ला अध्यक्ष लख्खु यादवका अनुसार चिनी उद्योगले उखुको भुक्तानी समयमा नदिएर केरा खेती गरेका किसान मर्कामा परेका छन् ।


प्रतिक्रिया