मुगुमा यार्सा संकलकबाट ४५ लाख रुपैयाँ राजस्व संकलन

भाद्र ३०, २०८० | मुगु

मुगुको कार्मारोङ गाउँपालिकाले पाटनमा यार्सा टिप्न जाने स्थानीय नागरिकबाट प्रवेश शुल्क बापत् ४५ लाख राजस्व संकलन भएको छ ।

पाटनमा यार्सा टिप्ने प्रति व्यक्तिले ३ देखि ५ लाख रुपैयाँ सम्म आम्दानी गरेका छन् । व्यापारीले स्थानीयबाट प्रतिगोटा १ हजार रुपैयाँ देखि १ हजार २ सय रुपैयाँ सम्ममा खरिद गरि प्रति केजी २८ लाख रुपैयाँमा बिक्रि गर्ने गरेका थिए ।

गएका वर्षहरुमा स्थानीयले व्यापारीलाई प्रतिगोटा यार्सा ३ सय देखि ५ सय रुपैयाँमा बेच्ने गरेका थिए । 


प्रतिक्रिया