पहिलो दुई महिनामा १ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन

आश्विन १, २०८० | काठमाडौं

चालू आर्थिक वर्षको पहिलो दुई महिना गत साउन र भदौमा १ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षका लागि लिइएको लक्ष्यमा दुई महिनामा ९ दशमलव ९२ प्रतिशत राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सरकारले बजेट मार्फत यस वर्ष १४ खर्ब २२ अर्ब रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अन्य आम्दानी सहित दुई महिनाको अवधिमा सरकारको कुल आम्दानी १ खर्ब ५४ अर्ब रुपैयाँ बराबर छ । कार्यालयका अनुसार सो अवधिमा सरकारको खर्च भने १ खर्ब ३१ अर्ब भएको छ । दुई महिनाको अवधिमा सरकारको खर्च भन्दा आम्दानी २३ अर्ब बढी देखिएको छ ।

दुई महिनामा कुल वार्षिक लक्ष्यको २ दशमलव ७ प्रतिशत पुँजीगत खर्च भएको छ भने ७ दशमलव ६८ प्रतिशत चालुगत खर्च भएको छ । यस्तै, सरकारले चालू आर्थिक वर्षमा कुल ३ खर्ब २ अर्ब पुँजीगत खर्चको लक्ष्य लिएको छ भने चालूतर्फ ११ खर्ब ४१ अर्ब खर्च हुने अनुमान छ ।


प्रतिक्रिया