नेपाललाई एडीबीको १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकृत

आश्विन ५, २०८० | काठमाडौं
एसियाली विकास बैंक एडीबीले नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रिकरण गर्न करिब १३ अर्ब रुपैयाँ अर्थात् १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।
सो ऋण सहयोग रकम स्थानीयस्तरमा वित्तीय व्यवस्थापनका लागि स्रोत, योजना तथा व्यवस्थापन सुधार कार्यका लागि खर्च हुने एडीबीले जनाएको छ ।
एडीबीको यो कार्यक्रमले पुँजीगत खर्चको मात्रा र गुणस्तर बढाउन, वित्तीय जोखिम न्यूनीकरण गर्न, सार्वजनिक निकायलाई सुधार गर्नुका साथै वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्ने एडीबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले बताउनुभयो ।
एडीबीले नेपाललाई खर्च र ऋण व्यवस्थापन क्षेत्रमा सुधार गर्न सहयोग गर्दै आएको छ ।