नेपाललाई विश्व बैंकले २ करोड डलर अनुदान दिने

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०८० | काठमाडौं

विश्व बैंकले नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजनालाई सहयोग गर्न २ अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात् २ करोड डलर अनुदान स्वीकृत गरेको छ ।

सो परियोजनाले नेपालका १६ गाउँपालिकाका ५५ हजारभन्दा धेरै साना किसानलाई कृषि उत्पादकत्व र पोषण अभ्यासमार्फत लाभ दिने बैंकको उदेश्य छ । दिगो विकासका लक्ष्य र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिवद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हासिल गर्दै गरिबी न्यूनीकरण गर्नु नेपाल सरकारको राष्ट्रिय लक्ष्य भएको विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले बताउनुभयो ।

परियोजनाले उत्पादकत्व र जीविकोपार्जनसँगै सीमान्तकृत समुदायको पोषण सुरक्षा सुधार गर्न सरकारको प्रयासलाई मद्दत पुग्ने विश्व बैंकको भनाइ छ ।


प्रतिक्रिया