वाणिज्य विभागको चाडपर्व लक्षित बजार अनुगमनः ५ फर्म कारवाहीमा

आश्विन ६, २०८० | काठमाडौं

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमनका क्रममा काठमाडौं उपत्यकाको पाँच वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । 

विभागले चाडपर्व लक्षित गरेर आज एकैदिन ४४ वटा व्यावसायिक फर्ममा अनुगमन गर्दा ५ वटालाई कारबाही स्वरुप जरिवाना तिराइएको हो । अनुगमनका क्रममा बिल बिजक जारी नगर्ने कीर्तिपुरस्थित मिनि मार्टलाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

 यस्तै, खरिद बिल बिजक नराखेको कसूरमा अन्य ४ वटा व्यावसायिक फर्मलाई जनही ५ हजार रुपैयाँ दरले जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा १२ वटा व्यावसायिक फर्मसँग थप कागजात माग तथा ३ वटा फर्मलाई निर्देशन दिएको छ । विभागले असोज १ देखि सुरु गरिएको चाडपर्व लक्षित अनुगमनमा थालेको थियो ।

 विभागले बढी चहलपहल हुने क्षेत्र खाद्य, मिठाई, मासु, दूध, लत्ताकपडा, ड्राइफुड, राजमार्गका होटल लगायत क्षेत्रमा अनुगमन थालेको हो ।


प्रतिक्रिया