लुम्बिनीमा लम्पी स्किनबाट ९ हजार ६ सय ११ पशुको मृत्यु

आश्विन १६, २०८० | तिलोत्तमा

लम्पी स्किन रोगबाट लुम्बिनी प्रदेशमा ९ हजार ६ सय ११ पशुको मृत्यु भएको छ । प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांक अनुसार विभिन्न जिल्लामा गरी लम्पी स्किनको संक्रमणबाट सो संख्यामा गाई भैंसी मरेका हुन् । कुल १ लाख ९२ हजार १८ पशु संक्रमति भएकोमा १ लाख १८ हजार १ सय २९ पशुको उपचार गरिएको निर्देशनालयले जनाएको छ ।

प्रदेश भरि हालसम्म ७५ हजार ४ सय २० पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको निर्देशनालयका निर्देशका प्रवेश सिंह कुँवरले जानकारी दिनुभयो । प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै रोल्पामा ३ हजार ४ सय ९१ तथा रुकुममा २ हजार ६२ पशुको मृत्यु भएको छ । यस्तै, प्युठानमा ८ सय ११, दाङमा ७ सय ७६, रुपन्देहीमा ४ सय ४७, पशु मरेको निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया