पर्साबाट ठूलो परिमाणको केराउ बरामद

आश्विन १६, २०८० | पर्सा

पर्साको वीरगञ्जस्थित एक गल्ला स्टोरमा अनधिकृत रुपमा भण्डारण गरिएको ठूलो परिमाणको केराउ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित रेल्वे सडकखण्डमा ४६ वर्षीय अजय साहले सञ्चालन गरेको ‘जय’मा गल्ला किराना स्टोरमा अनधिकृत रुपमा भण्डारण गरी राखिएको २ हजार ३ सय २५ किलो केराउ बरामद गरेको हो ।

बरामद सो केराउको मूल्य २ लाख ७९ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी कुमारविक्रम थापाले जानकारी दिनुभयो । बरामद केराउ थप अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डीएसपी थापाले बताउनुभयो ।


प्रतिक्रिया