मनास्लु क्षेत्रको भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धि

कार्तिक २, २०८० | गोरखा

गोरखाको मनास्लु क्षेत्रको भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । गत असोज महिनामा मात्र दुई हजार २ सय ७६ जना विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् ।

मनास्लु संरक्षण क्षेत्रका अनुसार चालु आर्थिक वर्षको तिन महिनामा २ हजार ९ सय २६ जना विदेशीले मनास्लुको भ्रमण गरेका छन् । साउन महिनामा ८० र भदौ महिनामा ५ सय ७० जना विदेशी पर्यटक मनास्लु क्षेत्र आएको मनास्लु संरक्षण क्षेत्रका सूचना अधिकारी भु्वन राज ओझाले जानकारी दिनुभयो ।

पर्यटकको आवागमन बढेसँगै मनास्लु क्षेत्रका होटल तथा पैदलमार्गमा चहलपहल बढेको छ । मनास्लु क्षेत्रमा फ्रान्स, स्पेन, नेदरल्याण्ड, चीन, जर्मन लगायत देशकाका पर्यटक बढी भित्रिएका छन् ।


प्रतिक्रिया