सिर्सिया सुक्खा बन्दरागहमा रेलको आवागमन घट्दो

माघ २८, २०८२ | पर्सा

पर्साको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा रेलमार्गबाट हुने मालसामानढुवानी घटेको छ । वीरगन्जस्थित इन्टर मोडल यातायात विकास समितिकोकार्यालयको तथ्यांक अनुसार, चालु आर्थिक वर्षकोे साउन देखि पुस सम्मको पहिलो ६ महिनामागत आर्थिक वर्षको सोही अवधिको भन्दा कम मालबाहक रेल आएका छन् ।

समितिको वीरगन्ज शाखाका प्रमुख कमल ज्ञवालीका अनुसार,बन्दरगाहमा गत आर्थिक बर्षको ५ महिनाभित्र५ सय ८८ वटा रेलमा सामान ल्याइएको थियो । चालु आर्थिक वर्षको यसै अवधिमा ५ सय ७२ वटा रेलमा सामान भित्रिएका छन् ।

मालबाहक रेलको आवागमनमा देखिएको समस्याका कारण आयात–निर्यात, कारोबार र व्यवसायिक लागतमा प्रत्यक्ष असर परेको व्यवसायीले बताएका छन् । भारतको कोलकाता,हल्दिया र बिशाखापटनम बन्दरगाहबाट बढीजसो तेश्रो मुलुकबाट आयातित मालबस्तु मालबाहक रेलमा ल्याउने गरिएको छ । 


प्रतिक्रिया