कोशी प्रदेशका ६६ प्रतिशत परिवार कृषि पेशामा

कार्तिक १४, २०८० | विराटनगर

कोशी प्रदेशका ६६ प्रतिशत परिवार कृषि पेशामा आवद्ध रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज विराटनगरमा सार्वजनिक गरेको राष्ट्रिय कृषि गणनाको प्रदेशस्तरीय नतिजामा सो नतिजा पाईएको हो ।

सार्वजनिक तथ्याङ्क अनुसार कोशी प्रदेशका ७ लाख ८६ हजार १ सय ८ कृषक परिवारले ५ लाख ३२ हजार ९ सय ६७ हेक्टर क्षेत्रफलमा कृषिकार्य गरिरहेका छन् । कोशीमा कृषि कार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने कृषक परिवार संख्या भने ४४ दशमलव १ प्रतिशत छ भने कृषि योग्य जग्गामध्ये ५३दशमलव ५ प्रतिशत क्षेत्रफमा मात्र सिँचाई सुविधा पुगेको छ ।

२ लाख ७९ हजार ३ सय ८९ हेक्टर क्षेत्रफल जग्गा धान खेतिका लागि योग्य रहेको सो प्रदेशमा १ लाख ७९ हजार ९ सय १७ हेक्टर मकै ४६ हजार ४ सय ६८ हेक्टर जग्गा क्षेत्रफल गहुँ खेतिका लागि योग्य छ । यस्तै कृषि वीमाको पहुँचमा भने कोशी प्रदेशका ३ दशमलव ५ प्रतिशतमात्रै रहेको पाइएको छ । प्रदेशका साना किसानको सरकारी अनुदानमा पहुँच पुग्न सकेको छैन । भने १२ दशमलव ५ प्रतिशतले मात्रै सरकारी अनुदान पाएको तथ्याङ्कमा उल्लेख छ ।  


प्रतिक्रिया