गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनमा ल्याउन पर्यटन व्यवसायीद्वारा सरकारको पुनः ध्यानाकर्षण

कार्तिक २६, २०८० | काठमाडौं

रुपन्देहीको भैहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि पर्यटन व्यवसायीले सरकारलाई पुनः ध्यानाकर्षण गराएका छन् ।

सिद्धार्थ सञ्जाल रुपन्देहीले विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने बारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् । विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने बारे सञ्जालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी प्रदेश सरकार र नागरिक उडड्यन प्रधिकरण लगायत सरोकारवाला निकायको पुनः ध्यानाकर्षण गराएका हुन् । 

 विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने बारे सरोकारवाला निकायमा ध्यानाकर्षण लगत्तै अन्य कार्यक्रम गरिने उनीहरुको भनाई छ । चाडपर्वलाई ध्यानमा राख्दै अहिले दबाबमुलक कार्यक्रम स्थगित गरिएको सिद्धार्थ सञ्जाल रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो । 

आफूहरुको माग सम्बोधन नभए तिहार लगत्तै विमानस्थलबाट हुँदै आएको आन्तिरक उडान समेत अवरुद्ध गरिने श्रेष्ठले चेतावनी दिनुभयो । विमानस्थल पूर्ण क्षमतामा चलाउनका निम्ती सरकारलाई दबाब दिन चरणबद्ध संर्घषका कार्यक्रम घोषणा गर्न आफूहरु बाध्य भएको श्रेष्ठले बताउनुभयो । 

विमानस्थललाई देखाउँदै लगानी गर्न निजी क्षेत्रलाई सरकारले हौस्याएको तर, अहिले पूर्ण रुपमा सञ्चालन गर्नमा कुनै चासो नदिएर निजी क्षेत्रको अर्बौंको लगानी धराशयी बनाएको आरोप व्यवसायीहरुको छ ।


प्रतिक्रिया