पश्चिम नवलपरासीमा धान उत्पादन बृद्धि

मंसिर ९, २०८० | परासी

पश्चिम नवलपरासीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष तीन प्रतिशतले धान उत्पादनमा वृद्धी भएको हो । 

गत वर्ष ९१ हजार ४ सय ७८ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ९४ हजार २ सय २५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीका प्रमुख डा. रविन्द्र नाथ चौबेले बताउनुभयो ।

 पश्चिम नवलपरासिको २१ हजार १ सय ७५ हेक्टर क्षेत्रफल जग्गामा धान खेति हुने गरेको छ । समयमा रोपाई हुनुले उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


प्रतिक्रिया