उखुको न्युनतम समर्थन मुल्य तोक्न पश्चिम नवलपरासीका किसानको माग

मंसिर १४, २०८० | परासी

पश्चिम नवलपरासीका उखु किसानले उखुको न्युनतम सर्मथन मुल्य तोक्न माग गरेका छन् ।

 उखु काट्ने समय हुँदा समेत सर्मथन मुल्य निर्धारण नभएको भन्दै तत्काल उखुको मुल्य तोक्न किसानहरुले माग गरेका हुन् । किसानहरुले क्रसरमा उखु विक्रि गर्न सुरु गरिसकेकाले सरकारले तत्कालै मुल्य निर्धारण गर्नुपर्ने प्रतापपुर गाउंपालिका अध्यक्ष एवंम उखु उत्पादक कृषि समिति लुम्विनी प्रदेशका अध्यक्ष उमेश चन्द्र यादवले बताउनुभयो ।

 यस वर्ष नवलपरासीमा करिब १० देखि १२ लाख क्वीन्टल मात्र उखु उत्पादन हुने अनुमान छ । पाँच वर्ष पहिले १२ हजार हेक्टरमा हुँदैआएको उखु खेती अहिले ५ हजार हेक्टरमा सीमित भएको छ । 


प्रतिक्रिया