सुनको मूल्य अहिले सम्मकै उच्च विन्दुमा

मंसिर १८, २०८० | काठमाडौं

नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रुपैयांमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख २१ हजार १ सय रुपैयांमा कारोबार भएको छ ।

त्यस्तै आज चांदी भने तोलाको १ हजार ५ सय ४५ रुपैयांमा कारोबार भएको छ । मंसिर १ गते छापावाल सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयांमा कारोबार भएको थियो । त्यसपछि भने सुनको मूल्य लगातार बढेको छ । 


प्रतिक्रिया