अछामको कमल बजारमा ३३ सय ११ केभिको सवस्टेशन संचालन

मंसिर २३, २०८० | अछाम

अछामको पूर्वी क्षेत्र कमल बजारमा नेपाल विद्युत प्राधिकरणले ३ हजार ३ सय ११ केभि सवस्टेशन संचालनमा ल्याएको छ । यो संगै जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत सेवा सहज हुने अपेक्षा गरिएको छ ।

विद्युत सवस्टेशन सञ्चालनमा आएपछि जिल्लाका पूर्वी क्षेत्रमा पर्ने कमलबजार, पञ्चदेवल विनायक र मंगलसेन नगरपालिका तथा तुर्माखाद र ढकारी गाउँपालिकामा विद्युत आपूर्ती हुने नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुदूरपश्चिमका प्रमुख जंगबहादुर चन्दले बताउनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेशको दैलेख र कालिकोटमा समेत यो स्टेशनबाट विद्युत लैजान सकिने छ । यसअघि सोही क्षमता बराबरको सवस्टेशन साँफेबगरमा मात्रै थियो । 


प्रतिक्रिया