पर्साको सिर्सिया सुक्खा बन्दरगाहका ३ सय ९१ कन्टेनर लिलामी हुँदै

मंसिर २५, २०८० | पर्सा

पर्सास्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत पाँच वर्षदेखि थन्किएका ३ सय ९१ वटा मालबाहक कन्टेनर लिलामी गर्न थालेको छ । सात दिने सूचना प्रकाशित गरी लिलामी प्रकृया अघि बढाइएको कार्यालयले जनाएको छ । 

भन्सार परिसरमा सामान भित्रिएको ६० दिन भित्र आयतकर्ताले आफनो सामान जाँचपास गरी नलगे सो वस्तु लिलाम गर्न सकिने प्रावधान रहेको बन्दरगाह भन्सार कार्यालयका अधिकृत सुशीलप्रसाद शर्माले बताउनुभयो । 

सूचना प्रकाशन गरेपछि केही आयतकर्ता सम्पर्कमा आएपनि कन्टेनरको दाबी गर्न कोही पनि नआएको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया