चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित

पुस २४, २०८० | चितवन

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित हुनु भएको छ । शनिबार उद्घाटन भएको संघको ५७ औं वार्षिक साधरणसभा तथा अधिवेशनमा नयाँ कार्य समिति चयनका लागि सोमबार मतदान भएको थियो । 

मंगलबार बिहान घोषणा भएको मत परिणाम अनुसार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी शिरिष पन्तलाई पराजित गर्नु भएको हो । श्रेष्ठसहित नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी र तीन जना उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी निर्वाचित हुनु भएको छ । 

कुल दुई हजार ९७४ मत रहेको चितवन उद्योग वाणिज्य संघमा सोमबार भएको मतदानमा दुई हजार ४१४ मत खसेको थियो । अधिवेशनले कुल २५ सदस्यीय कार्य समिति गठन गर्नेछ । तीमध्ये सात जना निर्विरोध भएका थिए भने १८ जनाका लागि मतदान भएको हो । 

मतदानबाट कार्य समितिमा निर्वाचित सदस्यहरुमा उद्योग तर्फबाट अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी र शंकर अधिकारी निर्वाचित हुनु भएको छ । 

त्यसैगरी वाणिज्यतर्फ गुणराज पौडेल, दाताराम घिमिरे, दिपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुषाल र सुनिता लिगल कर्मचार्य चयन हुनु भएको छ । महिला सदस्य तर्फ अस्मिता तिमिल्सिना विजयी हुनुभयो । 


प्रतिक्रिया