देशभर ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुग्योः प्रधानमन्त्री दाहाल

फाइल फोटो  

वैशाख १६, २०८१ | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगिसकेको बताउनुभएको छ ।

काठमाडौंको चन्द्रागिरि स्थित मस्र्याङ्दी–काठमाडौं २ सय२० केभी प्रसारण लाइन तथा मातातीर्थ २ सय २० केभी सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो जानकारी दिनुभयो ।

अर्को प्रसंगमा उहाँले अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार भइरहेको तथा पेट्रोलियम पदार्थको आयतमा पनि गिरावट आएको बताउनुभयो ।

सरकारी र निजी क्षेत्रबाट देशभर चार्जिङ स्टेशनहरु स्थापना भइरहेको उहाँको भनाई छ । 


प्रतिक्रिया