कृषि सामग्री कम्पनीले ल्याएको १५ हजार मेट्रिक टन युरिया मल नेपाल भित्रियो

फाईल फोटो  

पुस २६, २०८० | पर्सा

एक साता यता कृषि सामग्री कम्पनीले ल्याएको १५ हजार मेट्रिक टन युरिया मल वीरगन्ज नाकाबाट भित्रिएको छ । 

सीमावर्ती भारतीय सहर रक्सौलबाट वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा मल आइपुगेको कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका वरिष्ठ सहायक बलबहादुर शाहले बताउनुभयो । 

सो मल स्विस सिंगापुर र आदित्य बिरला कम्पनीले कोलकात्ता बन्दरगाह हुँदै नेपाल ल्याएका हुन् ।

 हिउँदे बाली गहुँमा प्रयोग गर्न मलको अभाव हुन नदिन जिल्लागत रुपमा वितरण गर्ने तयारी भएको छ । 


प्रतिक्रिया