संसदले पारित गरेको बजेट कटौती गर्न मिल्दैनः अर्थमन्त्री महत

फाल्गुन ४, २०८० | काठमाडौं

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वभौम संसदले पारित गरेको बजेट कटौती नमिल्ने बताउनु भएको छ ।

मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उहांले चालु आर्थिक वर्षको बजेट कटौतीको विषयमा संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नसक्ने स्पष्ट पार्नुभएको हो । मन्त्री डा. महतले यसले जनतामा द्विविधा उत्पन्न हुने बताउँदै बजेटको अर्धवार्षिक मूल्याङ्कन गरिएको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री महतले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएको समेत जानकारी दिनुभयो । मन्त्री महतले नियमसम्मत बढी राजस्व उठाउने र खर्च गरिने उल्लेख गर्दै उठेको राजस्वको आधारमा आय र व्ययको आँकलन मात्रै गरिएको बताउनुभयो । 

सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको जानकारी दिनुभयो । 


प्रतिक्रिया