निक्षेप पूर्ण रुपमा सुरक्षित छः राष्ट्र बैंक

फाल्गुन ८, २०८०

नेपाल राष्ट्र बैंकले बैंकहरुमा सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको जनाएको छ । राष्ट्र बैंकले आज प्रेस विज्ञप्ति जारी गर्दै समग्र बैंकिङ क्षेत्र सक्षम र सबल भएको भन्दै सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको जनाएको हो । 

त्यस्तै, राष्ट्र बैंकले बैंकिङ जस्तो सवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदा र निरीक्षण÷सुपरिवेक्षण गर्दासमेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने बताएको छ । बैंक तथा वित्तीय संस्थामा कुनै समस्या देखिएमा यस बैंकले समय समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आएको राष्ट्र बैंकको भनाइ छ । 


प्रतिक्रिया