दूधको भुक्तानी नपाएपछि पूर्वी नवलपरासीका किसानको विरोध प्रदर्शन

फाल्गुन १७, २०८० | काठमाडौं

नवलपरासी पूर्वका किसानहरू दूधको भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले पूर्व–पश्चिम राजमार्गको कावासोती खण्डमा आज केही घण्टा सडक अवरुद्धगरेको समेत हाम्रा सहकर्मीले जनाएका छन् । किसानहरूले सडकमै दूध खन्याएर सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।

किसानहरूले “मिल्क होलिडे” बन्द हुनपर्ने तथा दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने माग गरेका छन् । पूर्वी नवलपरासीमा दैनिक करिब ७० हजार लिटर दूध बिक्री हुँदै आएको छ ।

सरकारले दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि दूध तथा दुग्धजन्य पदार्थ आयातमा रोकसमेत लगाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात अनुमति जारी नगर्न भनेको छ । 


प्रतिक्रिया