एक वर्षमा ७ किलोमिटर सडक कालोपत्रे

फाल्गुन २६, २०८० | कावासोती

महेन्द्रराजमार्ग अन्तर्गत पश्चिम नवलपरासी खण्डको सडक विस्तारको ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले करिब एक वर्षको अवधिमा कावासोती क्षेत्रमा ७ किलोमिटर सडक एकतर्फी कालोपत्रे गरेको छ ।

कावासोतीको डण्डापुलदेखि पूर्व लोकाहा पुलसम्मको क्षेत्रमा एकतर्फी कालोपत्रे गरिएको हो । गत चैत्र १२ गते कावासोती नगरपालिकाको डण्डा बजारबाट कालोपत्रे निर्माणको काम थालेको चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशन लिमिटेडले आज कावासोतीको फलफुल चोकसम्म एकतर्फी सडक कालोपत्रे गरेको हो ।

आइतबारसम्म लोकाहा पुलदेखि पश्चिम सम्मको भागमा कालोपत्रे हुने गरि काम भएको ठेकेदार कम्पनीले दाबी गरेको छ ।  


प्रतिक्रिया