रारा राष्ट्रिय निकुञ्जमा २२ लाख राजश्व सङ्कलन

रारा भ्रमणमा आएका आन्तरिक पर्यटक तालमा डुङ्गा चढन तयारी गर्दै  तस्वीरः राजबहादुर शाह, रेडियो कान्तिपुर कान्तिपुर

चैत्र ८, २०८० | काठमाडौं

मुगुको पर्यटकीय क्षेत्र रारा राष्ट्रिय निकुञ्ज कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामा २२ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

गत साउनदेखि फागुन समान्तसम्म २२ लाख ८० हजार रुपैयाँ राजश्व सङ्कलन भएको निकुञ्जका रेन्जर तथा सूचना अधिकारी जयहरि धितालले बताउनुभयो । पर्यटक आगमन वृद्धिले गर्दा यो वर्ष निकुञ्जको राजश्वमा वृद्धि भएको उहाँको भनाई छ ।

पर्या पर्यटनबाट १८ लाख ३४ हजार र काठ चोरी, डण्डा जरिवानाबाट ४ लाख ४६ हजार ३ सय रुपैयाँ सङ्कलन भएको निकुञ्जले जनाएको छ ।

कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तब्य रारामा ८ महिनाभित्र ७ हजार ३ सय पर्यटकले भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ । 


प्रतिक्रिया