अर्थमन्त्रालयद्धारा आगामी आवको बजेटका लागि गृहकार्य तिव्र

चैत्र ९, २०८० | काठमाडौं

अर्थमन्त्रालयले आगामी आर्थिक वर्षका लागि बजेटको गृहकार्य तिव्र पारेको छ । जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्रालय बजेटको तयारीमा जुटेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकता ३ महिना अगाडी नै संसदमा पेश गरिसकेको छ । बजेट महत्वकांक्षी आउने तर खर्च गर्न नसक्ने प्रवृत्तिका बीच आगामी वर्षको बजेट श्रोत सुनिश्चित गरेर मात्रै ल्यान लागिएको अर्थमन्त्रालयले जनाएको छ ।

खर्चको भुक्तानी प्रक्रीया सहजीकरण,श्रोतको सुनिश्चितता भएका आयोजना छनोट एवं बास्तविकतामा आधारित आयोजनालाई प्राथमिकतामा राखेर प्रस्ताव गर्न सम्वन्धित निकायलाई अर्थमन्त्रालयले सर्कुलर जारी गरेको छ ।

वैदेशिक स्रोतबाछ सञ्चालित आयोजनाहरुको सम्बन्धमा सहायताको सम्झौताका शर्त आवश्यक रकम र भुक्तानीको सुनिश्चितता गर्ने गरी योजना बनाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

बजेट कार्यन्वयनको प्रकृया र प्राथमिकतामालाई नै परिवर्तन गरी गृहकार्य भईरहेको मन्त्रालयले उल्लेख गरेको छ । सरकारले नयाँ बजेटको गृहकार्य गरीरहँदा चालु आर्थिक वर्षको बजेट कार्यन्वयनको अवस्था निरासा जनक छ । पुँजीगत खर्च २८ प्रतिशतमा सिमित छ भने राजश्व पनि लक्ष्य अनुसार उठ्न सकेको छैन । 


प्रतिक्रिया